काबुल । अफगानिस्तानका बैंकहरूमा दिनदिनै अभाव घट्दै गएको र अन्तर्राष्ट्रिय समुदायले पनि देशलाई नगद उपलब्ध गराएको तालिवान समूहले जनाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अफगानिस्तानको वित्तीय स्रोतको सुरक्षा भइरहेको र आर्थिक सङ्कट पनि रोकिइरहेको तालिबानका कार्यवाहक विदेशमन्त्री आमिर खान मोताकीको भनाइ उद्धृत गर्दै खामा प्रेसले जनाएको छ ।