बुर्किना फासोका विभिन्न ठाउँमा भएका घटनामा परी कम्तीमा १३ नागरिक मारिएका छन् । तीमध्ये ११ जनाको अन्कौना गाउँमा मृत्यु भएको हो । बुधबार भएको सो आक्रमणमा परी अर्का एक जना घाइते भएका छन् ।
मध्य—उत्तर क्षेत्रका गभर्नर कासिमिर सेगुएडाद्वारा जारी वक्तव्यमा हिंसावादी समूहले उनीहरूको हत्या गरेको आरोप लगाइएको छ ।