बेइजिङ । चीनको दक्षिण पश्चिमी वुलोङ जिल्लास्थित छोङकिङ नगरपालिकामा रहेको सरकारी कार्यालयको क्यान्टिनमा शुक्रबार मध्याह्न विस्फोट भएपछि २७ जना मानिस फसेका अनुमान गरिएको छ ।
गत दिउसो १२ः१० मा ग्यास लिक भएपछि विस्फोट भएको र विष्फोटबाट भवनको तला भत्किँदा कम्तीमा २७ जना त्यसभित्र फसेको नगरपालिका स्रोतले जनाएको छ । घटनामा तीन व्यक्तिको मृत्यु भएको नगरपालिकाले पुष्टि गरेको छ ।