सोमबारसम्म वर्षा र हिमपात, सुदूरपश्चिम र कर्णालीमा वर्षाको आँकलन
सोमबारसम्म वर्षा र हिमपात, सुदूरपश्चिम र कर्णालीमा वर्षाको आँकलन
    • बेल संचार

    • २४ पुष २०७८, शनिबार

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । तराईका केही भूभागमा हुस्सु–कुहिरो लागेको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना  छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

राति  पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

आइतबार  सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

सोमबार  पनि वर्षाको सम्भावना छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा पानी पर्नेछ । लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा पनि वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित