जापानको राजधानी टोकियोमा हिउँमा चिप्लिएर वा हिउँका कारण लडेर घाइते भएर २०० भन्दा धेरै मानिसहरुलाई अस्पताल लगिएको छ ।
बिहिबार र शुक्रबार ९ देखि ९७ वर्षबीचका कूल २१५ जनालाई राजधानीका अस्पतालहरुमा लगिएको टोकियो अग्नि विभागले बताएको छ ।
प्रहरीका अनुसार हिउँका कारण शुक्रबार बिहानसम्म घाउचोट नै लाग्ने गरी ७७ ओटा सडक दूघर्टना भएको छ । बिहिबार टोकियोमा चार वर्षयताकै भारी हिमपात भएको थियो । मध्य टोकियोमा बिहिबार साँझ १० सेमीसम्म हिउँ थुप्रिएको थियो । हिउँका कारण शुक्रबार समेत सडक अवरुद्ध थिए ।
शुक्रबार बिहान राजधानीमा तापक्रम माइनर ३.५ सेल्सियसमा झरेको बताइएको छ । अघिल्लो दिनको तुलनामा यो १ दशमलव ८ सेल्सियस कम हो ।
बृहत टोकियो क्षेत्रमा एउटा एक्सप्रेसवे आंशिक रुपमा बन्द भएको थियो । हानेदा विमानस्थलबाट जाने र आइपुग्ने अल निप्पोन एयरवेजका नौ उडान रद्द भएका थिए ।
महानगर एक्सप्रेसवेमा हिउँका कारण सयभनदा धेरै सवारी साधन सडकमै फसेका थिए । शुक्रबार बिहान रेन्बो ब्रिज बन्द थियो । छिमेकी साइतामा प्रिफेक्चरमा शुक्रबार बिहान पाँच ओटा टक्कर दूर्घटना हुँदा चार जना पुरुषहरुलाई घाउ चोट लागेको स्थानीय प्रहरीले बताएको छ । दूघर्टना सडकमा बरफ जम्दा भएको आशंका गरिएको छ । इबाराकीमा शुक्रबार बिहान हिउँका कारण ३४६ ओटा सडक दूघर्टना भएको प्रहरीले बताएको छ ।