शनिवार बिहानै ओली भेट्न बालकोट पुगे देउवा, के के भए कुराकानी ?
शनिवार बिहानै ओली भेट्न बालकोट पुगे देउवा, के के भए कुराकानी ?
    • बेल संचार

    • २४ पुष २०७८, शनिबार

एमाले अध्यक्ष केपी ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा ओली निवास बालकोट पुग्नुभएको छ ।

भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताउनुभयो । संसदको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीले अनुरोध गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग माग्नुभएको थियो ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो।

यसअघि बुधबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालकोट पुगेर ओलीलाई भेट्नुभएको थियो ।  एमालेले २३ भदौयता सांसदका बैठकमा नाराबाजी गर्दै आएको छ ।

साताकाे चर्चित
सम्बन्धित