नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
अध्यक्ष प्रचण्डको सचिवालयले विज्ञप्ति जारी गरी उहाँलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुकी पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ।’ सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको छ र स्वास्थ्य अवस्था सामान्य छ।’
अध्यक्ष प्रचण्डको सम्पर्कमा रहनुभएका सबैले सतर्कता अपनाउन सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं। डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले पूर्व निर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरॉउदछौं।’ विज्ञप्तिमा भनिएकाे छ ।