नेपाल रेल्वको १४ हजार क्ल्पि फेरि चोरिए
नेपाल रेल्वको १४ हजार क्ल्पि फेरि चोरिए
    • बेल संचार

    • २४ पुष २०७८, शनिबार

कुर्था-जयनगर रेल्वे ट्रकको क्लिप पुनः चोरी भएको छ । यसअघि रेल्वे ट्रकका झण्डै १६ हजार क्लिप र नट  चोरी भएका थिए ।

रेल्वे ट्रकको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएकाे छ । महाप्रबन्धक झाले फेरि करिब १४ हजार क्लिप र त्यसमा लाग्ने नट चोरी भएको बताए ।

 

प्रहरी वा रेल्वेका कर्मचारीले चाहेर मात्रै रेलको सम्पति संरक्षण हुन नसक्ने भन्दै उनले भने, ‘चोरी भएका क्लिप पुनः भारतीय पक्ष लगाइदिने कुरा भएकाे छ ।’

सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर-विजलपुर–-बर्दिवास रेल सेवा संचालनका लागि सहमति भएकाे थियाे । तर पहिलो चरणमा कुर्था–जयनगरसम्म मात्रै रेल सेवा संचालनकाे तयारी भए पनि अझै सुरु हुन सकेकाे छैन ।

साताकाे चर्चित
सम्बन्धित