कोरोना–१९ महामारीका कारण मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा असर पर्यो । विशेषगरी अर्थतन्त्रको महत्वपूर्ण आधारमध्येको पर्यटन क्षेत्रमा त नराम्रो असर पर्यो । पर्यटन क्षेत्रमा पनि सबैभन्दा बढी एयरलाइन्स र होटल क्षेत्र प्रताडित भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले भने मुनामा कमाएको छ ।
प्राधिकरणको वार्षिक प्रगति प्रतिवेदनअनुसार आब २०७७/७८ मा प्राधिकरणको आय विमानस्थल विकास शुल्कबाहेक रु दुई अर्ब सात करोड ३२ लाख प्रक्षेपण गरिएकामा रु ५७ करोड ४५ लाख अर्थात् २७दशमलव७१ प्रतिशतले बढ्न गई रु दुई अर्ब ६४ करोड ७७ लाख आम्दानी भएको छ ।