खराब मौसमका कारण आन्तरिक तर्फका केही उडानहरु प्रभावित भएका छन् ।
त्रिभूवन विमानस्थलका अनुसार खराब मौसमका कारण आन्तरिक तर्फका केही उडानहरु प्रभावित भएका हुन् । आइतबार बिहान देखिनै केही तराई क्षेत्रका एयरपोर्टहरुमा बाक्लो हुस्सु कारण खुल्न नसक्दा उडान प्रभावित हुन पुगेका हुन् ।
टीआईएका अनुसार पूर्वको विराटनगर, भैरहवा, जनकपुर, सिमरा र तुम्लिनटार गरि पाँचवटा विमानस्थल बाक्लो हुँस्सकै कारण हालसम्म खुल्न सकेका छैनन् ।
तर, अन्तर्राष्ट्रिय उडानतर्फ भने कुनै समस्या नरहेको बताइएको छ ।