१५ दिन शैक्षिक संस्था बन्द गर्न माग
१५ दिन शैक्षिक संस्था बन्द गर्न माग
    • बेल संचार

    • २५ पुष २०७८, आईतवार

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नु पर्ने बताउनुभएको छ ।

थारु विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा आयोजित कार्यक्रममा महरले देशमा फेरि कोरोना जोखिम बढेकाले बालबालिकालाई त्यसको सम्भावित खतराबाट बचाउनुपर्ने बताउनुभएको हो ।

सरकारले अझै १८ वर्ष मुनिका सबै बालबालिकालाई खोपको उपलब्धता गराउन नसकेको र छिमेकी मुलुक भारतमा कोरोना तीव्र बनेसँगै नेपाल पनि त्यसको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । छ। यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम हुने उहाँको भनाइ थियो ।

नेविसंघका पूर्व अध्यक्षसमेत रहेका महरले १५ दिन पहिलाको जस्तै वैकल्पिक विधि अपनाएर वा १५ दिनलाई हिउँदे बिदामा मिलाएर भए पनि शैक्षिक संस्था बन्द गर्नुपर्ने बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित