लकडाउनबारे यस्तो तयारीमा सरकार
लकडाउनबारे यस्तो तयारीमा सरकार

 पछिल्लो एक सातायता कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढ्न थालेपछि सरकारले देशैभर उच्च स्वास्थ्य सतर्कता अपनाएको छ ।

    • बेल संचार

    • २५ पुष २०७८, आईतवार

पछिल्लो एक सातायता कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढ्न थालेपछि सरकारले देशैभर उच्च स्वास्थ्य सतर्कता अपनाएको छ । शुक्रबार जिन सिक्वेन्सिङ गर्दा २४ जनामा ओमिक्रोन भेटिएको थियो । ओमिक्रोन भेरियन्ट भेटिएसँगै दैनिक झन्डै एक हजारको संख्यामा संक्रमित भेटिन थालेपछि सरकारले उच्च सतर्कता अपनाएको हो ।

भारतमा दैनिक झन्डै एक लाख संक्रमित भेटिन थालेसँगै खुला सिमाना जोडिएको नेपालमा पनि संक्रमितको संख्या ह्वात्तै बढेको हो । संक्रमितको संख्या बढेपछि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले सावधानी अपनाउन निर्देशन दिएको थियो ।

संक्रमणको तेस्रो लहर फैलने त्रास बढेपछि बसेको सीसीएमसीको बैठकमा कोरोनाको बढ्दो संक्रमण रोकथामका लागि सजगता अपनाउने, सिमानामा होल्डिङ सेन्टर सञ्चालन गर्ने, भारतबाट फर्किएकाको एन्टिजेन परीक्षण र पीसीआर गर्ने, तत्काल स्वास्थ्य संरचना बनाउने, भारतबाट फर्किएकालाई आइसोलेसनमा राख्नेलगायतको निर्णय भएको थियो ।

बैठकमा स्मार्ट लकडाउन अर्थात् भीडभाड हुने क्षेत्र विद्यालय, सिनेमा हल, डान्स, डिस्को, चिडियाखानालगायतका क्षेत्र बन्द गर्ने सम्बन्धमा पनि छलफल भएको थियो ।

सरकारले एक साताको तथ्यांक विश्लेषण गरी स्मार्ट वा पूर्ण कुनचाहिँ लकडाउन गर्ने भन्ने निर्णय गर्ने बताइएको छ ।
संक्रमितको संख्या बढ्दै गएमा पुनः छलफल गरी निर्णय गर्ने तयारी छ । फेरि लकडाउन गरे एक वर्षअघि खुलेको विद्यालय पुनः बन्द हुने त्रास बढेको छ । भर्खरै फस्टाउन थालेको पर्यटन व्यवसायमा पनि अन्योलता छाएको छ ।नेपाल समाचारपत्रमा खबर छ ।

साताकाे चर्चित
सम्बन्धित