हवाई उडानमा पनि खोप कार्ड अनिवार्य
हवाई उडानमा पनि खोप कार्ड अनिवार्य
    • बेल संचार

    • २५ पुष २०७८, आईतवार

सरकारले आन्तरिक हवाई उडानमा यात्रा गर्न अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाई उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाउन सीसीएमसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ ।

नेपालमा कोरोना संक्रमण पुन: बढ्न थालेपछि सरकारले सार्वजनिक स्थलमा भेला हुन र यात्रामा प्रतिबन्धात्मक व्यवस्थाहरु गरेको हो ।

साताकाे चर्चित
सम्बन्धित