नेकपा एकीकृत समाजवादीकी राष्ट्रिय सभा सदस्य उम्मेदवार राजेन्द्रलक्ष्मी गैरे सवारी दुर्घटनामा पर्नुभएको छ ।
लुम्बिनी प्रदेशबाट आगामी माघ १२ मा सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा एकीकृत समाजवादीबाट उम्मेदवार बन्नुभएका उहाँ गत पुस २१ गते सवारी दुर्घटनामा पर्नुभएको हो । चुनावी प्रचारका क्रममा पाल्पाको झुम्सामा उहाँ सवार मोटर साइकल दुर्घटनामा परेको हो । उहाँ मोटर साइकलको पछाडि सवार हुनुहुन्थ्यो ।
दुर्घटनामा हातको कुहिनो मर्किएको र चिकित्सकले सामान्य उपचारपछि प्लस्टर गरिदिएको गैरेले जानकारी दिनुभयो ।