बाग्मती नदीमा पुल निमार्णसँगै जोडियो सिन्धुली र मकवानपुर
बाग्मती नदीमा पुल निमार्णसँगै जोडियो सिन्धुली र मकवानपुर
    • बेल संचार

    • २८ पुष २०७८, बुधबार

बागमती गाउँपालिका–४ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ जोड्ने पुलबाट मंगलबारदेखि दुई तर्फी यातायात गुडेको छ । २३ करोड लागत रहेको पुलको लम्बाई ४ सय १३ मिटर र ७ दबमलव ७० मिटर चौडाई रहेको छ ।

हेटौंडा–धरान चतरा सडकखण्ड अन्तर्गत बागमती नदीमा पुलको  निर्माण सम्पन्न भएसँगै सिन्धुली जिल्ला पनि बागमती प्रदेश राजधानीसँग जोडिएको  हो ।

बिगत १० वर्षमा पनि निर्माण सम्पन्त्र हुन नसकेको पुलका कारण  मकवानपुर र सिन्धुलीका मात्र नभइ काभ्रे, रामेछापबासीले समेत दु:ख पाएको र दुई जिल्ला मात्र नभएर समग्र प्रदेशको मुकामसँगको सम्पर्कमा समेत असर परेकाले प्रदेश सरकारले चासो लिएको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताउनुभयो ।

२०६८ साल असार २९ गते ५ वर्षभित्र पुल निर्माण गर्नेगरी स्वच्छन्द निर्माण सेवा कम्पनीले सम्झौता गरेको थियो । उक्त अवधिमा पुल निर्माण हुन नसकेपछि २०७५ असोजसम्म म्याद थप गरिएको थियो । उक्त अवधिमा पनि काम नसकेपछि सडक विभागमा २०७७ असारसम्म आयोजनाको म्याद थपिएसँगै पुल निर्माणको काम सम्पन्न हुन नसकेपछि २०७८ चैत्र मशान्तसम्म म्याद थप भएको  र उक्त समय भित्र बाँकी कम सम्पन हुने स्वच्छन्द निर्माण सेवाका प्रोपाइटर जयराम लामिछानेले बताउनुभयो ।

पुल नबन्दा वर्षातमा उपचारको  समस्या अन्त्य भै स्थानीय स्तरमा  शैक्षिक तथाआर्थिक सुधार आउने अपेक्षा रहेको स्थानीहरु बताउछन् । पुल निमार्ण भएपछि धरान चतरा सडक खण्डका सवारी निर्वाध सञ्चालन हुनेछ ।

साताकाे चर्चित
सम्बन्धित