नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनको विकल्प नरहेको बताउनु भएको छ ।
आज राजधानीमा सम्पादकहरुसँग छलफल गर्दै बार अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बहिर्गमन नभएसम्म न्यायालय सुधार सम्भव नभएको बताउनुभयो । उहाँले कात्तिकदेखि प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा रहेको बारले न्यायालय बिग्रनुको मुख्य कारण नै भएको आरोप लगाएको बताउनुभयो । बारले आन्दोलन थालेको ७४ दिन पुग्दा पनि राजीनामा नदिनु लज्जाको बिषय भएको उहाँको भनाई थियो । यस्तै, उहाँले नेपालका राजनितिक दलहरुलाई राष्ट्रिय झण्डाको दुरूपयोग गरिरहेको समेत आरोप लगाउनुभयो ।
दलहरुले यस विषयमा गम्भिरता देखाउदै अबिलम्ब कदम चाल्नुपर्ने उहाँको ठहर छ । बारले प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउनुपर्ने भन्दै १७ बुँदे ज्ञापनपत्र बुझाएको तर दलहरुले त्यसतर्फ काम नगरेको उहाँको तर्क थियो ।
बार र न्यायाधीशहरुको बिरोधकै कारण अहिले सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोकेर मुद्दाको सुनुवाइ भैरहेको छ ।