आधा युरोप ओमिक्रोनको चपेटामा आउन सक्छ – डब्लुएचओ
आधा युरोप ओमिक्रोनको चपेटामा आउन सक्छ – डब्लुएचओ
    • बेल संचार

    • २८ पुष २०७८, बुधबार

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अबको ६ देखि ८ हप्ताभित्रमा युरोपको करिब आधा जनसंख्या कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनसक्ने बताएको छ ।

यो अनुमान सन २०२२ को पहिलो साता युरोपमा देखिएको करिब ७० लाख कोरोना संक्रमणका केसबाट गरिएको हो ।

युरोपमा दुई साताभित्रै कोरोना संक्रमणदर दुई गुणाभन्दा धेरैले बढेको छ ।

डब्लुएचओका स्वास्थ्य विशेषज्ञ डा हेन्स क्लुजले पत्रकार सम्मेलनमा भने, ‘आज ओमिक्रोन पश्चिमदेखि लिएर पूर्वसम्म फैलिएको कहरको प्रतीक बनेको छ । २०२१ को अन्त्यसम्म डेल्टा भेरियन्टसँग जुधिरहेका देशमा ओमिक्रोन कहर बनिरहेको छ ।’

युरोप र मध्य एसियाका देश तीव्र गतिले फैलिएको यस भाइरसको दबाबमा रहेको उनले बताए ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भाइरस जस्तो खतरनाक नभएको केही अध्ययनले जनाएका छन् । तर कोरोनाविरुद्धको पूर्ण खोप लगाएका मानिसहरु पनि ओमिक्रोन भेरियन्टबाट संक्रमित भइरहेका छन् ।

ओमिक्रोन भेरियन्टको संक्रमण गति अरुको तुलनामा अधिक रहेको विज्ञहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित