भारतमा उपचार गरेर स्वदेश फर्किए प्रधानसेनापति
भारतमा उपचार गरेर स्वदेश फर्किए प्रधानसेनापति

स्वास्थ्य उपचारको लागि पुस १८ गते भारत गएका प्रधानसेनापति शर्मा मंगलबार नेपाल फर्किएका हुन्।

    • बेल संचार

    • २८ पुष २०७८, बुधबार

उपचारका लागि भारत गएका प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्।

स्वास्थ्य उपचारको लागि पुस १८ गते भारत गएका प्रधानसेनापति शर्मा मंगलबार नेपाल फर्किएका हुन्।

नेपाली सेनाले प्रधानसेनापति स्वास्थ्य परीक्षणको लागि भारत गएको र उपचारपश्चात् स्वदेश फर्किएको मात्रै उल्लेख गरेको छ।

प्रधानसेनापति शर्मा के उपचारको लागि भारत गएका थिए भनेर सेनाले स्पष्ट पारेको छैन।

स्रोतका अनुसार शर्मा पेटसम्बन्धी समस्याको उपचारको लागि भारत गएका हुन्।

स्वास्थ्य समस्याकै कारण उनी कतिपय महत्वपूर्ण कार्यक्रममा अनुपस्थित भएका छन्।

साताकाे चर्चित
सम्बन्धित