माघ १ गते थारू र मगर समुदायले टुँडिखेलमा मनाउने माघी महोत्सव स्थगित भएको छ ।
कोरोना बढेका कारण काठमाडौं उपत्यकामा २५ जना भन्दा बढी भेला हुन नपाइने स्मार्ट लकडाउन गरिएपछि माघी महोत्सव स्थगित गरिएको हो ।
थारू माघी महोत्सवका सांस्कृतिक संयोजक नन्दुराज चौधरीका अनुसार टुँडिखेलको विकल्पको रूपमा अनमानगरस्थित तमु बौद्ध सेवा समितिमा कार्यक्रम गरिँदैछ ।
यसवर्ष कुनै मेला महोत्सव नगरी मगर समुदायलाई घर घरमै माघी मनाउन नेपाल मगर संघले उर्दी जारी गरेको संजोग लाफा मगरले बताउनुभयो । उता, माघीको अवसरमा चितवनमा गरिने खिचडा महोत्सव स्थागित भएको छ । त्यस्तै, दाङमा आयोजना गरिएको माघी महोत्सव स्थगित गरिएको छ ।
यस्तै, माघीको अवसरमा वीरेन्द्रनगरमा लखागिन थारू उत्थान मञ्च सुर्खेत र थारू अर्गानिक सामुदायिक होमस्टे तिलपुरको आयोजनामा मंगलबार माघीको महत्वबारे प्रशिक्षणसहित साँस्कृतिक नाचगानलगायत कार्यक्रम सम्पन्न भएको छ ।