बुस्टर डोजले उल्टै रोग प्रतिरोधात्मक क्षमता घटाउँने विज्ञको चेतावनी
बुस्टर डोजले उल्टै रोग प्रतिरोधात्मक क्षमता घटाउँने विज्ञको चेतावनी
    • बेल संचार

    • २९ पुष २०७८, बिहीबार

एजेन्सी । कोभिडविरुद्ध दिइने बारम्बारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

युरोपेली युनियनअन्तर्गतको स्वास्थ्यसम्बन्धी एउटा नियामक निकायले यस्तो चेतावनी दिएको हो । हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँने युरोपेली मेडिकल निकायको भनाइ छ ।

त्यसैले लामो समयको अन्तर पारेर मात्र बुस्टर डोज दिन सो निकायले विभिन्न देशहरुलाई अनुरोध गरेको छ । ओमिक्रोनका कारण संक्रमितको संख्या बढेपछि विभिन्न देशहरुले दोस्रो बुस्टर डोज दिने तयारी गरिरहेकै बेला युरोपेली युनियनको सुझाव सार्वजनिक भएको हो ।

यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका बृद्धबद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेको थियो । बेलायतले पनि कोभिडबाट रक्षा गर्ने भन्दै दोसो बुस्टर डोज दिने तयारी गरेको छ । यता नेपालले समेत बुस्टर डोज दिने तयारी गरेको छ ।

युरोपपछि अहिले अमेरिकामा संक्रमितको संख्या तीव्र बढेको छ ।

ओमोक्रन भेरियन्टको फैलावटसँगै कोरोना महामारीबाट ’इन्डेमिक’ अर्थात निश्चित क्षेत्रमा देखिने रोगका रुपमा विकसित हुँदै गएको पनि मेडिकल निकायले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित