माओवादी अध्यक्ष दाहालको रिट निवेदनमाथि आज सर्वोच्चमा सुनुवाइ
माओवादी अध्यक्ष दाहालको रिट निवेदनमाथि आज सर्वोच्चमा सुनुवाइ
    • बेल संचार

    • २९ पुष २०७८, बिहीबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी परित्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारवाहीको मुद्दामा आज सुनुवाइ हुने भएको छ ।

अध्यक्ष दाहालले आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएर अर्को दलमा सामेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारवाही सदर गरि पाउनका लागि सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । सोही मुद्दाको रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो ।

नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भइ पछिल्लो समय अन्य दलमा सामेल भएको भन्दै माओवादी केन्द्रले स्थानीय तहका केही जनप्रतिनिधिलाई कारवाही गरेको थियो । सोही आधारमा निर्वाचन आयोगले उनीहरुको पद रिक्त गरेको थियो । तर, सर्वोच्च अदालतमा उनीहरुले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उनीहरुलाई कामकाज गर्नबाट नरोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

सोही आदेश खारेजीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रिट निवेदन दिनुभएको थियो । उक्त रिट निवेदनमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको हो । सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा सो मुद्दाको पेसी तोकिएको छ । अध्यक्ष दाहालले दायर गरेको रिटमा अन्तरकालीन आदेश खारेजीको माग गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित