२७ कैदीको हत्या अभियोगमा श्रीलंकाका जेल अधिकारीलाई मृत्यु दण्डको सजाय
२७ कैदीको हत्या अभियोगमा श्रीलंकाका जेल अधिकारीलाई मृत्यु दण्डको सजाय
    • बेल संचार

    • २९ पुष २०७८, बिहीबार

२७ जना कैदीको हत्या अभियोगमा श्रीलंकाका एक शीर्ष जेल अधिकारीलाई मृत्यु दण्डको सजाय सुनाइएको छ ।

२७ जना कैदीलाई मृत्युदण्डको शैलीमा हत्याकाण्ड गरेको उनीमाथि आरोप थियो । कोलोम्बोको उच्च अदालतले बुधबार जेल कमिस्नर इमिल लामाहेवागेलाई सजाय सुनाएको हो । सन् २०१२ नोभेम्बरको घटनाका अर्का आरोपित प्रहरी कमान्डो मोसेस रंगाजीवालाई भने सफाइ दिएको छ ।

कोलोम्बामा रहेको श्रीलंकाको मुख्य वेलीकाडा कारागारमा भएको हत्याकाण्डमा दुवैलाई जुलाई २०१९ मा दोषी करार गरिएको थियो । घटनामा २७ जनालाई गोली हानिएको थियो भने ८ जनाको मात्र प्रमाण बटुलिएको थियो ।  कैदीहरूले जेलको हतियार गृहबाट हतियार चोरेर जेलभित्र दङ्गा फैलाएको भन्दै प्रहरी कमान्डोलाई परिचालन गरिएको थियो ।

अभियोजककाअनुसार आठ जनालाई नामले बोलाएर मृत्युदण्डको शैलीमा हत्या गरिएको थियो भने अरूलाई गोली प्रहार गरिएको थियो । पछि मृतकको साथ हतियार राखेर उनीहरूले जेलका गार्डमाथि आक्रमण गर्न खोजेको देखाउन खोजिएको थियो ।

उक्त घटनाको अन्तर्राष्ट्रिय जगतले भर्त्सना गरेको थियो । तत्कालीन राष्ट्रपति महेन्दा राजापाक्षको पनि चौतर्फी आलोचना भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित