सुनको मूल्य तोलामा ३०० ले बढ्यो, यस्तो छ आजको बजार मूल्य
सुनको मूल्य तोलामा ३०० ले बढ्यो, यस्तो छ आजको बजार मूल्य
    • बेल संचार

    • २९ पुष २०७८, बिहीबार

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य फेरि बढेको छ ।

नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाल सुन प्रतितोला ३ सय रुपैयाँ बढेको छ । योसँगै प्रतितोला मूल्य ९२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ ।  यसअघि मंगलबार छापावाल सुन तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार छापावाल सुन तोलाको ९२ हजार२०० रुपैयाँमा  कारोबार भएको थियो ।

चाँदीको भाउ पनि प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित