ललितानिवास जग्गा प्रकरण : रावलको आशंका– मुद्दा फासफुस गर्ने चाल त छैन ?
ललितानिवास जग्गा प्रकरण : रावलको आशंका– मुद्दा फासफुस गर्ने चाल त छैन ?
    • बेल संचार

    • ३० पुष २०७८, शुक्रबार

नेकपा (एमाले)का नेता भीम रावलले बालुवाटारको ललितानिवाससम्बन्धी मुद्दालाई सामसुम पार्न खोजिएको आशंका व्यक्त गरेका छन् । प्रहरीले अनुसन्धान पूरा गरेर सरकारी वकिललाई बुझाएको उक्त जग्गा प्रकरणसम्बन्धी फाइल प्रहरीलाई नै फिर्ता गरिएको सम्बन्धमा उनले सन्देह व्यक्ति गरेका हुन् ।

बिहीबार बिहान ट्विट गर्दै उनले लेखेका छन्, “प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ? अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के–केमा नपुगेको हो, खुलस्त गर्नुपर्छ । अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ ।” उक्त प्रकरणमा राजनीतिक व्यक्तित्वसहित धेरैजनाको नाम मुछिएको छ ।

साताकाे चर्चित
सम्बन्धित