परमादेश सरकारका देशभक्त मन्त्रीलाई टुकी बालेर खोज्दै छुः गोकुल बास्कोटा
परमादेश सरकारका देशभक्त मन्त्रीलाई टुकी बालेर खोज्दै छुः गोकुल बास्कोटा

तत्कालीन एमाले सरकारका विरुद्ध बोल्न पाइन्छ भन्दै मुखमा टेप टाँसेकी मन्त्री रामकुमारी झाँक्रीप्रति कटाक्ष गर्दै उनले देशभक्त मन्त्रीलाई टुकी बालेर खोजिरहेको बताए ।

    • बेल संचार

    • ३० पुष २०७८, शुक्रबार

काठमाडौं

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली भूमिमा भारतले सडक बनाइरहँदा सरकार चुप लागेर बसेको भन्दै आलोचना गरेका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले आफ्नै भूमिमा विदेशीले बाटो बनाउँदा पनि गैर देशभक्तहरूको परमादेशको सरकार चुप लागेर बसेको आरोप बताए ।

तत्कालीन एमाले सरकारका विरुद्ध बोल्न पाइन्छ भन्दै मुखमा टेप टाँसेकी मन्त्री रामकुमारी झाँक्रीप्रति कटाक्ष गर्दै उनले देशभक्त मन्त्रीलाई टुकी बालेर खोजिरहेको बताए । संसदबाट सर्वसम्मतिले पास भएको नक्सामा समेटिएको भूमागमा भारतले सडक बनाउँदा देशभक्तहरूको पार्टी एमालेले मुख खोलेको उनले बताए ।

‘भारतीय अधिकारीहरूले हाम्रो नक्सामा भएको । संसदबाट सर्वसम्मतिले पास भएको भूभागबाट अरू कसैले सडक बनाइरहँदा मुखमा टेप टाँसेर बोल्न पाइन्छ भन्ने मन्त्रीहरू । लोकप्रिय मन्त्रीहरू भएको सरकार कहाँ छ अहिले खोज्नुस् । म मन्त्रीहरू खोज्दै छु । देशभक्त मन्त्रीहरू टर्च होइन टुकी बालेर खोज्दै छु । खै कहाँ गए । त्यस विषयमा बोल्नुपर्दैन । एमाले बोल्यो’, उनले भने ।प्रत्येक नेपाली नागरिक देशभक्त रहेको भन्दै उनले अब जनताले बनाउँदा एमालेको सरकार बनाउने दाबी गरे । फरक प्रसंगमा बोल्दै बास्कोटाले सर्वोच्च अदालत सधैँ एमालेप्रति पूर्वाग्रही हुने गरेको आरोप लगाए । ‘अदालत एमालेप्रति पूर्वाग्रही भएको हो । त्यो कुरा स्पष्ट देखिएको छ । सदाझैँ एमालेप्रति पूर्वाग्रही भएर अदालत उभिएको तथ्यहरूले बताउँछ’, उनले भने ।

साताकाे चर्चित
सम्बन्धित