एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण
एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

पोखरेलले आफूलाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका छन्।

    • बेल संचार

    • ३० पुष २०७८, शुक्रबार

नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ।

पोखरेलले आफूलाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका छन्।

उनले फेसबुकमा लेखेका छन्- कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन। अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भयो। निर्धारित सबै कार्यक्रम स्थगित गरियो।

पछिल्लो समय नेपालमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ। दलका नेताहरूलाई पनि धमाधम कोरोना संक्रमण भइरहेको छ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताहरू संक्रमणपछि अहिले आइसोलेसनमा छन्। माओवादी नेताहरूलाई आठौं महाधिवेशनपछि संक्रमण भएको हो।

एमाले महासचिव पोखरेल माओवादी महाधिवेशनको उद्घाटनमा गएका थिए।

साताकाे चर्चित
सम्बन्धित