निर्वाचन आयोगले गर्‍यो १७ दलसँग छलफल
निर्वाचन आयोगले गर्‍यो १७ दलसँग छलफल

राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली र स्थानीय तह निर्वाचनका विषयमा छलफल गरेको छलफलमा सहभागी कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।

    • बेल संचार

    • ३० पुष २०७८, शुक्रबार

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली र स्थानीय निर्वाचनबारे छलफल गरेको छ। शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने १७ दलसँग छलफल गरेको हो।

राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली र स्थानीय तह निर्वाचनका विषयमा छलफल गरेको छलफलमा सहभागी कांग्रेस नेता रमेश लेखकले जानकारी दिए। १७ दललाई बोलाइएको छलफलमा १५ दलका तर्फबाट सुझाव राखेका थिए।

कोभिड महामारीको जोखिम कम गर्न आफूसहित दलका नेताहरुले राष्ट्रियसभा निर्वाचनका स्थानहरु थप गरेर भिडभाड कम गर्न आग्रह गरेको कांग्रेस नेता लेखकले जानकारी दिए।

निर्वाचन गर्नुको विकल्प नरहेको र त्यसका लागि माघ पहिलो साता निर्वाचन मिति घोषणा भइसक्नुपर्ने धारणा राखेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

शर्माका अनुसार, प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन गर्न आवश्यक पर्ने १२० दिन घर्किसकेकोतर्फ दलहरूको ध्यानाकर्षण समेत गराएका थिए। २०७९ जेठ पहिलो साताबाट स्थानीय तह जनप्रतिनिधिविहीन हुँदै छन्। आयोगले यसअघि वैशाखमा निर्वाचनको मिति प्रस्ताव गरेको थियो।

साताकाे चर्चित
सम्बन्धित