तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटियामा जिप दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
घुमाउनेबाट धरमपानी आउँदै गरेको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको बन्दीपुर गाउँपालिका अध्यक्ष पुर्णसिं थापाले पुष्टि गरे । ग १ ज ६५५५ नम्बर जिप सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा दुर्घटना भएको हो ।
प्रहरीले भने १२ जना घाइते भएको जनाएको छ । घाइतेको उद्धार गरेर बन्दीपुर अस्पताल ल्याइएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । प्रहरीका अनुसार जिपमा करिब १८ जना सवार थिए