लगातारको भारी हिमपातका कारण कम्तिमा ६ जनाको निधन भएको छ । मौषम अधिकारीहरुले खराब मौसम अझै केहीदिन जारी रहने पूर्वानुमान गरेका छन् । जनवरी १३ मा जापानको वरिपरि कडा जाडो चापको कारण ६ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् । जनवरी १४ सम्म भारी हिउँ पर्ने क्रम जारी रहँदा चिन्ताको बीचमा, जापान मौसम विज्ञान एजेन्सीले देशको पूर्वीदेखि पश्चिमी भागको जापान सागरमा उच्च छालहरू र हिमपात निम्त्याउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । उत्तरी जापानमा यातायात सेवा प्राय अवरुद्ध रहेको छ ।
प्रशान्त महासागरको समतल क्षेत्रहरूमा शनिवारसम्म हिउँ जम्ने अनुमान गरिएको छ । वायुमण्डलीय चापको कारण मुख्यतया मध्य जापानको होकुरिकु क्षेत्रका केही भागहरूमा स्थानीय रूपमा भारी हिमपात हुने पूर्वानुमान गर्दै मौषम अधिकारीहरुले सचेतता अपनाउन आग्रह गरेका छन् ।
होकुरिकु, किन्की र चुगोकु क्षेत्रमा हिमपात र चिसो हावा बहनेक्रम जारी रहेको, सडक क्षेत्र जोखिमयुक्त रहेकाले यात्रा र दैनिकिमा गम्भिर सावधानी अपनाउन मौषम एजेन्सीका अधिकारीहरुले अनुरोध गरेका छन् ।