एक जना गरिब दाउरे एक रातमै करोडपति बने । उनी एक्कासी करोडपति भएपछि उनको गाउँमा अनेक किसिमका हल्ला फैलिएका छन् । तर, करोडपति बनेका दाउरे भने अचानक बेपत्ता भए । गाउँलेहरुका अनुसार दाउरे लतीफ र उनका छोरा उबेलुदलले १५ दिन पहिले कहीँबाट गुप्त धन प्राप्त गरे जसका कारण उनी करोडपति भए । केही मानिसहले भने उनले लट्रीको टिकट किनेको र यसैमा उनले १ करोड जितेको बताएका छन् ।
यो हल्ला जिल्ला मजिस्ट्रेटकहाँ पुगेपछि उनले गम्भीरताका साथ लिएर यस मामिलामा जाँचको आदेश दिएका छन् । भारतको बिहारको किशनगंजमा टाउन थाना क्षेत्रको टेउसा पञ्चायतका गरिब दाउरे रातारात करोडपति भएका हुन् । गाउँलेहरु यो देखेर अचम्ममा परे । त्यसपछि गाउँमा धेरै किसिमका हल्ला फैलिन थाले । त्यसपछि डरका कारण दुवै बाबुछोरा भूमिगत भएका छन् । गाउँलेहरुका अनुसार यति धेरै पैसा आएपछि उबेलुदलले आफन्तहरुलाई ७ वटा मोटरसाइकल पनि गिफ्ट दिएका थिए । नयाँ ट्रेक्टर र कैयौं विघा जमिन किने । यसका अलावा पक्की घर बनाए ।
बताइएअनुसार बिहारमा लट्रीमाथि प्रतिबन्ध छ त्यसैले उनले बंगालबाट लट्ीको टिकट किनेका थिए । कुरा फैलिन थालेपछि कानुनी झमेलामा नफस्नको लागि यी बाबुछोरा भूमिगत भएका छन् । पुलिसले दुवैलाई खोजिरहेको छ । दुवै फेला परेपछि मात्रै यो विषयमा विस्तारमा खुलासा हुनेछ । किशनगंगका एसडिएम शाहनवाज अहमद नियाजीले आयकर विभाग र इडीबाट जाँच गराइने बताएका छन् ।