जुम्लाको गुठीचौरमा राजश्व सङ्कलन 
     जुम्लाको गुठीचौरमा राजश्व सङ्कलन 

गुठिचौर गाउँपालिकाका अनुसार तीन लाख ८२ हजार ८६८ सङ्कलन भएको राजस्व प्रमुख तिलप्रसाद पाण्डेले बताउनुभयो ।         

    • बेल संचार

    • ३ माघ २०७८, सोमबार

    खलङ्गा,
जुम्लाको गुठिचौर गाउँपालिकामा पाँच महिनामा करिब चार लाख राजस्व सङ्कलन भएको छ । गुठिचौर गाउँपालिकाका अनुसार तीन लाख ८२ हजार ८६८ सङ्कलन भएको राजस्व प्रमुख तिलप्रसाद पाण्डेले बताउनुभयो ।

गाउँपालिकाले विभिन्न शीर्षकबाट राजस्व सङ्कलन भएको छ । जसमध्ये गाउँपालिकाबाट रु एक लाख ७८ हजार ५६६ सङ्कलन भएको छ । वडाबाट एक लाख ९५ हजार ३०२ सङ्कलन भएको छ ।

वडा कार्यालयबाट मालपोत, पञ्जीकरण र सिफारिस शीर्षकबाट राजस्व सङ्कलन हुने गरेको वडाध्यक्ष चन्द्रबहादुर नेपालीले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा गाउँपालिकाले विभिन्न शीर्षकबाट २७ लाख १५ हजार ४०३ राजस्व सङ्कलन गरेको गुठिचौर गाउँपालिकाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित