जनकपुर । प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेशसभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले जनकपुरको पक्षमा मतदान गरेका छन् ।
प्रदेश सभामा १०४ जना सांसद छन् ।
प्रदेशको राजधानी धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा भित्रको सम्पूर्ण भूभाग समेटिएको जनकपुर रहने उल्लेख छ ।
जनकपुर दुई तिहाइबाट पारित भएसँगै अन्य प्रस्ताव निष्क्रिय भएको छ ।
त्यस्तै, प्रदेशकाे नामाकरणका लागि अहिले मतदान जारी छ ।