साउथका स्टार धनुष र ऐश्वर्याको डिभोर्स
साउथका स्टार धनुष र ऐश्वर्याको डिभोर्स

आफूहरु सहमतिमा नै अलग भएको भन्दै धन्षले आफूहरुको गोपनीयतालाई सम्मान गर्न सबैसँग आग्रह समेत गरेका छन् ।

    • बेल संचार

    • ४ माघ २०७८, मंगलवार

काठमाडौं

साउथका स्टार धनुष र उनकी पत्नी ऐश्वर्याको सम्बन्ध विच्छेद भएको छ । धनुषले सामाजिक सञ्जालबाट प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आफूहरु अलग भएको जानकारी दिएका छन् ।

धनुषले ऐश्वर्यासँग १८ वर्षअघि विवाह गरेका थिए । आफूहरु सहमतिमा नै अलग भएको भन्दै धन्षले आफूहरुको गोपनीयतालाई सम्मान गर्न सबैसँग आग्रह समेत गरेका छन् ।

धनुषले १८ वर्षसम्म आफूहरुको जीवन सुन्दर तरिकाले अगाडि बढेको बताएका छन् । तर, अहिले आएर आफ्नै व्यक्तिगत जीवन बुझ्न आवश्यक रहेको ठानेर अलग हुने निर्णय गरेको धनुषले उल्लेख गरेका छन् ।

धनुष साउथका साथै बलिउड चलचित्रमा पनि व्यस्त छन् । उनी साउथका सुपरस्टार रजनीकान्तका ज्वाइँ हुन् ।

साताकाे चर्चित
सम्बन्धित