एक जापानी महिलाले गर्भधारणका लागि आफूलाई वीर्यदान गर्ने पुरुषमाथि मुद्दा हालेकी छिन् । ती पुरुषले सामाजिक प्रतिष्ठा, शैक्षिक पृष्ठभूमि र जातियताबारे झुठो बोलेको भन्दै महिलाले मुद्दा हालेकी भन्दै विविध सञ्चार माध्यमहरुले समाचार छापेका छन् । समाचारमा मुद्दा हाल्ने युवतिको नाम खुलाइएको छैन । ती महिला टोकियोकी भएकी र उनको उमेर ३० वर्ष भएको बताइएको छ । श्रीमानमा आनुवांशिक समस्या भएपछि ती महिला र उनको श्रीमानले वीर्यदाता खोजे । वीर्यदातालाई उनीहरुले सामाजिक सञ्जालमाफत भेटेको बताइएको छ ।
२० वर्षिय ती पुरुषले आफूले क्योटो विश्वविद्यालयबाट स्नातक गरेको अनि अविवाहित जापानी नागरिक भएको भनेर ढाँटेका थिए । तर पछि उनी जापानी नभएर चिनियाँ विवाहित पुरुष भएको अनि क्योटो विश्वविद्यालयमै नपढेका कुरा थाहा भयो ।
वीर्यदाताको पृष्ठभूमि थाहा पाएपछि जन्मिसकेको बच्चालाई ती दम्पत्तिले साथमा राख्न मानेनन् । सो बच्चा अहिले टोकियोको एउटा शिशु स्याहार केन्द्रमा राखिएको छ । आफूसँग यौन सम्पर्क राख्न झुठो बोलेको अनि आफूलाई भावनात्मक चोट दिएको भन्दै महिलाले २८ लाख डलर क्षतिपूर्ति मागेकी छिन् ।