पत्रकार विश्वकर्माको निधन
पत्रकार विश्वकर्माको निधन
    • बेल संचार

    • ६ माघ २०७८, बिहीबार

पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको आज बिहान  उपचारका क्रममा मृत्यु भएको ललितपुरस्थित पाटन अस्पतालले जनाएको छ । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार राति अस्पताल लगिएको थियो ।

बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । अछाम रामारोशन–५ निवासी २४ वर्षीय विश्वकर्माका श्रीमती र एक छोरा छन् ।

साताकाे चर्चित
सम्बन्धित