युक्रेनसँगको सीमामा १ लाख रसियाली सुरक्षाकर्मी तैनाथ
युक्रेनसँगको सीमामा १ लाख रसियाली सुरक्षाकर्मी तैनाथ
    • बेल संचार

    • ६ माघ २०७८, बिहीबार

रसियाली प्रशासन क्रेमलिनले युक्रेनसँगको सीमामा १ लाख सुरक्षाकर्मी तैनाथ गरेको एउटा स्याटलाइट तस्विर सार्वजनिक भएकाे छ ।

रसियाले युक्रेनमाथि थप अतिक्रमणको प्रयास गरिरहेको भन्ने अमेरिकी गठबन्धनअन्तर्गतका देशहरुले आरोप लगाइरहेका बेला क्रेमलिनले सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो । बुधबार मात्र अमेरिकी राष्टपति जोन बाइडेनले रसियाले युक्रेनमाथि हमला गर्न खोजेको भन्दै अमेरिकाले बदला लिने चेतावनी दिँदै आएका छन् ।

 

रसियाले युक्रेनमाथि अतिक्रमण गरिरहेका बेला बाइडेन प्रशासनले आर्थिकलगायतका प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रसियाले युक्रेनमाथि नयाँ हमला गर्न सक्ने बताएका छन् ।

युक्रेन विवाद बढ्दै गएको क्रेमलिनले बताउँदै गएको छ । उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको विस्तार रोक्न रसियाले अमेरिकासँग माग गर्दै आएको छ ।

साताकाे चर्चित
सम्बन्धित