ओली र प्रचण्डबीच भएको गोप्य सहमति बाहिरियो , के थियो सहमति ?
ओली र प्रचण्डबीच भएको गोप्य सहमति बाहिरियो , के थियो सहमति ?

गोप्य भएको सहमति एकघण्टाभित्र मैले च्यातिदिएको हुँ

    • बेल संचार

    • ६ माघ २०७८, बिहीबार

आज नेकमा माओवादीको अध्यक्ष प्रचण्डले एक अनलाईनसग कुरा गर्दै प्रष्ट पारेका छन ।  गोप्य भनेर उहाँले नै भन्नुभएको छ । केही कुरा उहाँले नै बाहिर पनि भन्नुभएको रहेछ । गोप्य भएको सहमति एकघण्टाभित्र मैले च्यातिदिएको हुँ । सहमति एउटा खालको बनाउन खोजिएको थियो नै ।

तर ओलीले सहमति हुनेबित्तिकै ‘तपाईं अध्यक्ष त हुने तर लाइन चाहिँ एमालेले लिएको लिनुपर्छ है’ भनेपछि मैले पनि ‘ए ! तपाईंले त्यसको लागि सहमति गरेको हो भने यो सहमति सिद्धियो भनेर उत्तिखेरै मैले त्यहीँ भनेको हुँ’ । त्यतिमात्रै होइन त्यहीँ च्यातिदिएको हुँ ।

यसको औचित्य छैन । यसले ओलीको फट्याइँ पुष्टि गर्छ । सहमति हुनेबित्तिकै उनको प्रस्ताव के थियो भने– लाइन चाहिँ एमालेको मान्नुपर्छ है भनेपछि मैले च्यातिदिएको हुँ । म एमालेको भएर अध्यक्ष हुने रे ! मैले योभन्दा ठूलो बेइमानी केही हुन सक्दैन भनेर हिँडेको हुँ ।

साताकाे चर्चित
सम्बन्धित