मेष–धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । ज्ञान र अध्यात्मको भावना बढ्नेछ, तर शेयर बजारको लगानी लाभदायक नहोला ।
वृष–लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
मिथुन–दबाब र तनाव बढेको महसुस हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर साँझमा शुभ समाचार मिल्नेछ, साथै शेयर बजारले साथ दिनेछ ।
कर्कट–आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक र धर्मकर्मको क्षेत्रमा मन पनि लाग्नेछ ।
सिंह–आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा पनि हुनेछन् ।
कन्या–स्वास्थ्यप्रति सजक रहनु होला । दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
तुला–अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
वृश्चिक–आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण पनि बन्नेछ ।
धनु–रोकिएका काम पुनः सुरु हुन सक्छन् । ठेक्कापट्टा तथा घर जग्गाको कारोबार सफल हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग पनि छ ।
मकर–आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्तसँग मनमुटाव बढ्ला । सामान हराउन पनि सक्नेछ, अतः सचेत रहनु होला ।
कुम्भ–हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।
मिन–रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।