युरोपेली देशहरुको स्तरमा कोरोना भाइरसका बिरामी बृद्धिले जर्जर बन्दै गएको जापानमा संक्रमण बृद्धि थप चुलिन थालेको छ । ४७ प्रान्त मध्ये आधा बढि प्रान्तमा अहिलेसम्कै धेरै कोरोना संक्रमित पुष्टि हुँदा जनवरी २० तारिख देशभरमै संक्रमितको नयाँ किर्तिमान बनेको छ ।
साँझ ७ बजेसम्ममा देशभरमा ४६ हजार नयाँ कोरोना भाइरसका बिरामी पुष्टि भएका छन् । एनएचके समाचार संस्थामा प्रकाशित तथ्यांक अनुसार बिहिबार ४६,१९९ जनामा संक्तमण र कम्तिमा ९ जना कोभिड संक्रमितको निधन भएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार जापानमा कुल कोभिड संक्रमितको संख्या २० लाख पार गरेको छ । बिहिबार साँझ सम्ममा २०२६,५६० जना संक्रमित पुग्दा कोभिड संक्रमणबाट निधन हुनेको संख्या १८,४८३ पुगेको छ ।
अर्को तर्फ हाल जापानमा कोभिड संक्रमित गम्भिर बिरामीको संख्या बढेर २८७ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमित मध्ये १७५९,६०० जना निको भएर डिस्चार्ज भइसकेका छन् ।