मकवानपुरको सिमभञ्ज्याङमा पुनः हिमतपात भएको छ।
बिहीबार राति देखि भएको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।
सिमभञ्ज्याङमा क्षेत्रमा झन्डै ३ किलोमिटरसम्मको सडक क्षेत्रमा हिउँ परेका कारण शुक्रबार बिहानदेखि नै त्रिभुवन राजपथ भएर चल्ने सबैजसो सवारी साधन रोकिन पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ। गत पुष १४ मा पनि यहाँ हिमपात भएको थियो ।