पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
    • बेल संचार

    • ७ माघ २०७८, शुक्रबार

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो ।पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।

 

साताकाे चर्चित
सम्बन्धित