स्वास्थ्य मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न सरकारले सहज वातावरण मिलाइदिनु पर्छ : व्यवसायी
स्वास्थ्य मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न सरकारले सहज वातावरण मिलाइदिनु पर्छ : व्यवसायी

उहाँले सरकारले यो निर्णय निर्णयका लागि मात्रै गरेको भन्दै उहाँले व्यहारमा उतारेर कार्यान्वयन गर्न नसकिने बताउनुभयो ।

    • बेल संचार

    • ७ माघ २०७८, शुक्रबार

कोरोना महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरुले सरकारले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् ।

विभिन्न पेशामा आवद्ध व्यवसायीहरुले कोरोनाको भयावह अवस्था देखिएपछि विगतका दिनमा सरकारले लकडाउन गर्ने गरेको र त्यसले अर्थतन्त्रमा ठूलो असर पारेको भन्दै व्यवसायीहरुले अब कोरोनासँगै व्यवसाय सञ्चालन गर्न सरकारले सहजता प्रदान गर्नुपर्ने माग गरेका हुन् ।

संकटको बेलामा सरकारले पर्यटन व्यवसाय लगायतका अन्य व्यापार व्यवसायका क्षेत्र बन्द गर्ने भन्दा पनि नियमलाई परिपालना गर्ने किसिमले सबैलाई समेटेर अघि बढ्नुपर्ने पर्यटन व्यवसायी निलहरी बास्तोलाले बताउनुभयो ।

त्यस्तै, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले खोपकार्ड हेरेर मात्रै विमानमा चढ्न दिने भन्ने निर्णय अव्यवहारिक भएको बताउनुभयो । उहाँले सरकारले यो निर्णय निर्णयका लागि मात्रै गरेको भन्दै उहाँले व्यहारमा उतारेर कार्यान्वयन गर्न नसकिने बताउनुभयो ।

होटल संघका उपाध्यक्ष विनायक शाहले सरकारले जारी गरेको निर्देशनमा नियन्त्रणको कुरा मात्रै भएको तर कोरोनासँगै अर्थतन्त्र अघि बढाउने रणनीति नरहेको बताउनुभयो । उहाँले सरकारले विगतमा झैँ यस वर्ष पनि निर्देशन जारी गर्दा अर्थतन्त्रलाई उकास्न कुनै पहल नगरेको बताउनुभयो ।

उपाध्यक्ष शाहले सरकारले आर्थिक क्षेत्रलाई नजरअन्दाज नगरी सँगै लिएर जानुपर्ने बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित