एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्ने प्रधानमन्त्री देउवाको घोषणा
एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्ने प्रधानमन्त्री देउवाको घोषणा
    • बेल संचार

    • ७ माघ २०७८, शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गर्नुभएको छ ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भएकाले तयारीमा रहन निर्देशन दिनुभएको छ ।

प्रमख राजनीतिक दलहरूबीच निर्वाचनको विषयमा छलफल चलिरहेका बेला प्रधानमन्त्रीले तीनै तहको निर्वाचन एक वर्षभित्र गर्ने घोषणा गर्नुभएको हो । तर कुन निर्वाचन कहिले गर्ने भन्नेबारे भने उहाँले केही खुलाउनुभएको छैन ।

आगामी वैशाखमा स्थानीय तहको कार्यकाल सकिँदैछ । सत्तारुढ गठबन्धनमा निर्वाचनको मिति तोक्नेबारे सहमति जुटिसकेको छैन ।

सम्बोधनमा प्रधानमन्त्री देउवाले संघीय संसदमा देखिएको गतिरोधको अन्त्य संवाद र सहमतिबाटै गर्ने बताउनुभएको छ ।

अहिले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने उहाँको भनाइ छ । नेकपा एमालेका सांसदहरूको नाराबाजीले संघीय संसद बैठकमा अवरोध सृजना भइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित