शनिवारकाे माैसम
शनिवारकाे माैसम
    • बेल संचार

    • ८ माघ २०७८, शनिबार

शनिवार देशभर आंशिकदेखि सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हरेक प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको महाशाखाको भनाइ छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

त्यस्तै, शनिवार राती देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

देशको थोरै स्थानहरुमा हल्का वर्षाको  साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको संभावना महाशाखाले जनाएको छ ।

देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित