बैंकिङ कसुरमा दोषी ठहर भई १२ लाख जरिवाना तोकिएका एक व्यक्ति आज जेल चलान भएका छन् । दोलखा घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ बस्ने ४३ वर्षीय जीतेन्द्रबहादुर रिजाललाई पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले आजै उनलाई कारागार चलान गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारी बैंकको चेक काटी दिएकामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको हो ।