आसन्न राष्ट्रिय सभा निर्वाचन तथा तीनै तहका निर्वाचनबारे नेकपा माओवादीले आन्तरिक छलफल गरेको छ ।
शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय आयोगका अध्यक्षहरू तथा निवर्तमान स्थायी समिति सदस्यहरुसँग परामर्श गर्नुभएको हो ।
पार्टी मुख्यालयमा भएको बैठकमा राष्ट्रिय सभा तथा तिनै तहका निर्वाचन, कोभिड १९, पार्टीका आगामी योजना लगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।