तीनै तहकाे निर्वाचन एकैपटक गर्न वातावरण मिलाउने माओवादी केन्द्रकाे निर्णय
तीनै तहकाे निर्वाचन एकैपटक गर्न वातावरण मिलाउने माओवादी केन्द्रकाे निर्णय
    • बेल संचार

    • ८ माघ २०७८, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले तीनै तहको निर्वाचन एकैपटक गर्न वातावरण बनाउने निर्णय गरेकाे छ ।

शनिवार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको निवर्तमान स्थायी कमिटी सदस्य तथा आयोगका अध्यक्षहरुको बैठकले स्थानीय तह, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्नका लागि आवश्यक परामर्श गरेर वातावरण बनाउने निर्णय गरेको हो ।

प्रवक्ता कृष्णबहादुर महराले आर्थिक मितव्ययीताका लागि तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्नेमा आफ्नो पार्टीको धारणा रहेको र यसमा आवश्यक परामर्श गरिने जानकारी दिनुभयाे ।

‘तीनवटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफल गर्ने भन्ने भएको छ ।’ निर्वाचन आयोग, पत्रकार, बुद्धिजीवीहरूको रायअनुसार कानुनविद्सँग छलफल गरेर निष्कर्षमा पुगिने उहाँकाे भनाइ छ ।

यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनको बैठकमा वैशाखमा संसदीय चुनाव गरेर संविधानको धारा २२५ अनुसार स्थानीय तहको चुनाव ६ महिनापछि अर्थात मंसिरमा गर्नुपर्ने प्रस्ताव राख्नुभएकाे थियाे ।

साताकाे चर्चित
सम्बन्धित