प्रकृतिको अनुपम उपहारमध्यको एक कास्कीको ‘कापुचे लेक’लाई क्यान्भासमा कैद गर्न पुगेका भक्तपुरका दुई कलाकार क्यान्भासमा नौला सिर्जनाका साथै अनुपम अनूभूति बोकेर राजधानी फर्किएका छन् ।
धेरैजसको समय काठमाडौँ र यस आसपासका प्राकृतिक, पुरातात्विक र ऐतिहासिक विषयलाई क्यान्भासमा कैद गर्ने कलाकार पुण्यराम मताङ र लक्ष्मीप्रसाद खोतेजा यसपालि कापुचेले तानेर त्यहाँ पु¥याएको बताए । यसअघि उहाँहरुले मार्दीमा पुगेर त्हाँका हिमशृङ्खला समेटेर चित्र बनाएका वर्ष नबित्दै अर्काे महत्वपूर्ण यात्रा तय गरे ।