सत्ता गठबन्धनले कानून व्यवसायीसँग छलफल गर्दै
सत्ता गठबन्धनले कानून व्यवसायीसँग छलफल गर्दै

छलफल अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने गठबन्धनका नेताहरूले बताएका छन् ।

    • बेल संचार

    • ९ माघ २०७८, आईतवार

काठमाडौं

पाँच दलीय सत्ता गठबन्धनले कानून व्यवसायीहरूसँग छलफल गर्दै छन् ।

स्थानीय तहको निर्वाचनका विषयमा परामर्श लिन गठबन्धनले कानूनविद्सँग छलफल गर्न लागेको हो ।

छलफल अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने गठबन्धनका नेताहरूले बताएका छन् ।निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ मा स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिएको छ ।

तर आगामी मंसिरमा संघ, प्रदेश र स्थानीय तहको चुनाव एकैपटक गराउने बहस गठबन्धनमा भइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित