तोकेको भन्दा बढी शुल्क लिएको भन्दै संयुक्त विद्यार्थी संगठनले केएमसी कलेजमा लगाए ताला
तोकेको भन्दा बढी शुल्क लिएको भन्दै संयुक्त विद्यार्थी संगठनले केएमसी कलेजमा लगाए ताला

छात्राबासलाई अनिवार्य बनाई नियमविपरीत चर्को मूल्‍य लिन खोज्‍नु विद्यार्थी र अभिभावकलाई लुट्‍ने प्रयास भएको विद्यार्थी संगठनको भनाई छ।

    • बेल संचार

    • १० माघ २०७८, सोमबार

सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी) मा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छन् ।

चिकित्सा शिक्षा अध्ययनका लागि केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थी भर्नामा अतिरिक्त शुल्क मागेको र अभिभावकलाई धम्की दिएको भन्‍दै संयुक्त विद्यार्थी संगठनले आइतबार तालालबन्दी गरेको अखिल क्रान्तिकारीका नेता जिपी मैनालीले जानकारी दिए।

उनले विद्यार्थीहरुको जाजय मागको सम्बोधन नभए आन्दोलनले नै सबै विषयको छिनोफानो हुनेसमेत चेतावनी दिएका छन्।

एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थीहरुलाई भर्नामा अभिरिक्त शुल्क मागेको र अभिभावकलाई केएमसी कलेज प्रशासनले धम्की दिएको आरोप उनले लगाए।

छात्राबासलाई अनिवार्य बनाई नियमविपरीत चर्को मूल्‍य लिन खोज्‍नु विद्यार्थी र अभिभावकलाई लुट्‍ने प्रयास भएको विद्यार्थी संगठनको भनाई छ।

यस्तै सबै मेडिकल कजेलहरुको पठनपाठन सहज नबनेसम्‍म काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजको भर्ना प्रक्रिया र पठनपाठन स्थगन गर्न संयुक्त विलार्थी संगठनले माग गरेको छ।

साताकाे चर्चित
सम्बन्धित